धरधरी रोइ एकलासे छेउमै बसी एउटी नारी,,
थुनेर झयाल-ढोका र कोठा पसी एउटी नारी,,
उसलाई सुने नरुने होला को?धेरै रोय म नि,,
ए अन्धा हो,मनको भीरबाट खसि एउटी नारी,,
ऊ आफैलाई चिन्न नसक्ने,चिनाएछन् पराई,,
त्यँही बाट तन-मनमा छुरा धसी एउटी नारी,,
जसलाई सुम्पे बा'ले उही मन-मगजको खोटी,,
त्यहि ठूलो घरमा सड्ने सुर कसी एउटी नारी,,
भन्छे यो महल भन्दा सडक बरु जाति होला,,
बाध्न नि सक्दिन रे गलामा रसि एउटी नारी,,
कसले गर्ने उद्दार उनको?म पनि नसक्ने छु,,
कहिले सम्म बनाउने आँशु-मसि एउटी नारी,,
......................
यँहा
कला भन्दा पनि कसैको वास्तविक जिबन-कहानी रहेको कुरा सबैमा जानकारी गराउदै
म भन्न चाहन्छु.......कसै संग पनि बिबेक छ र यदि मानब हुँ भन्ने लाग्छ भने
अब कोहि पनि नारी आफ्नो जिबनको निर्णय आफै गर्नबाट बन्चित नहोस अनि जो
मसंग रोईन भक्कानियर तिनी प्रति यो गजल समर्पण गर्छु उनको मनमा आट आओस
जिबनमा खुसि छाओस अनि तेस्तै गरि परिबन्धमा परेका नारीहरुमा मेरो
माया,सम्मान अनि साथ रहने बाचा पनि गर्दछु..........
No comments:
Post a Comment