जाली तम्सुक अति भो मायाको जलाउने कहिले होला,,
जता ततै बिष छरेको छ अमृत फलाउने कहिले होला,,
उफ!कस्तो आयो जमना मौसमिकै हालिमुहाली देख्छु,,
मायालु मनहरुले जुटी भन्डाफोर चलाऊने कहिले होला,,
कस्तो प्रलय?माया भो रे!मनका दरिद्रहरु शरीर टसाउदा,,
ओठेमायाको सत्ता प्रेम-योद्दाहरुले ढलाउने कहिले होला,,
उ पनि भोको अरे त्यो पनि प्यासी अरे हेर पोखिएका,,
यि बतासे मनहरुको चिता दनदन बलाउने कहिले होला,,
माया हुन्थ्यो चोखो त्यो नभए पछी पवित्र के नै रह्यो,,
बैशको झरिले भिजेकाहरुमा पणय पलाउने कहिले होला,,
No comments:
Post a Comment