फूल खेलेको सुन्तला त वर्षायाम डाक्नलाई,,
ढिला भो कि ठिकै धानको बियाड राख्नलाई,,
टारीखेतको जर्रो बाजो अँ जोत्नु भयो बाबा?,,
बुढो-गोरु कुटे-हलो कठै!थाक्नु भो थाक्नलाई,,
अर्मपर्म चल्नै छाड्यो तिन सय छ खेतालाको,,
लाउनु बालि परे पनि साहुको मुख ताक्नलाई,,
सार्नु होला मलखात त्यो खेत बारी मल्नु पर्छ,,
कूलो मुहान बनाउनु पाँगोले खेत ढाक्नलाई,,
अहिले सकिन अर्को बर्खा आउनेछु बाचा भो,,
आमाले पकाएको कर्कलो-आटो चाख्नलाई,,
No comments:
Post a Comment