Wednesday, January 25, 2012

काधमा हलो बोकेर हातमा बाउसी लिईन्थ्यो,,
अगेनामा मकै पोलि अहा!मोहिसंग पिईन्थ्यो,,

अहिले यहाँ कहाँ पाउनु मनको लड्डु मनमै छ,,
पात छापी सेखु-छत्री खाप-सियोले सिईन्थ्यो,,

होरियो सुन्दै तारे-चम्रे बाईपंखी झैँ कुद्थे नि,,
मुढे हलो मैजार गर्दा कुटे बन्थ्यो खिईन्थ्यो,,

हलो जस्तै तन-मन कुटे भा'छ मुग्लानमा,,
हास्ने-बोल्ने भए लाग्छ फेरी पनि जिईन्थ्यो,,

No comments:

Post a Comment