Tuesday, January 24, 2012

आउ होलिका आउ .............

यसपाली नि
आयौ अरे,होलीका
पुनर्मिलनको सन्देश बोकेर
धर्ती र बसन्तको
या न कि
पखेरा र पालुवाको
अझै भनौ
फूल र सुबासको
सप्तरंगी
ईन्द्र-धनुषको
 तर खै.....!!!???!!!
+ + +
आउ होलीका आउ
तर मात्तियर हैन
पात्तियर हैन
तिम्रो पनि त परिचय छ
यसै गरी आयौ भने
हेर एक दिन
एक दिन
तिम्रो र बसन्तको
सधैंका लागि
............
+ + +
नालाको पानी
किन बन्छौ?
सुन्दरताको बैरी
कालो मोसो
किन हुन्छौ?
बलजफती अरुको शरीरमा
किन पोखिन्छौ?
तिमी त
सबैको प्रिय पो त
सबैको मनमा
किन बस्न सकिनौ??
+ + +
हिजो कस्ती थियौ
प्रिय होलिका बिर्स सबै
तर यो पालि देखी
आउ होलिका
आफूलाई ढाकेको
बिकृतिको जालो फालेर
आउ
केबल आफ्नो असली रुप लिएर
जुन बेला
सबैले तिमीलाई आङगाल्ने छन
तेसैले बिन्ती होलिका
.............
+ + +
ति सुन्तली भाउजु,ती सानी काकी
ति कमली दिदी अनि
ति फूलमाया जो रङ बिहिन छन
तिनीहरुसँग पनि जोड नाता
किन पक्षपाती हुन्छेउ??
उनिहरुलाई पनि महसुष
गर्न देउ कस्तो हुन्छ
उमङ अनि रङ भनेर
+ + +
अनी ति बहिरा नेता
अनी गती र रङ बिहिन
मेरो देशको राजनीतिमा
गती,रङ,उमङ अनि
सुबास छरीदेउ
अनि पथ्थर जोडेको मुटुहरुको
सल्लेक्रीया गरी
पथ्थर फालिदेउ
केबल मिठो मायाको
धुन भरिदेउ
बिन्ती आउ होलिका

No comments:

Post a Comment