मनमा माया चुलिएको थाम दियौ आधिखोला,,
भूईको धुलो थियँ म नाम दियौ आधिखोला,,
बालापन काटेको थियँ तिम्रै काखमा लोलाएर,,
भोको पेट भर्न भनी माम दियौ आधिखोला,,
तिम्रा सन्तान नपुगेको ठाउँ छैन कतै कुनै,,
हरेक कदम आशिर्बाद दाम दियौ आधिखोला,,
सबै भन्छन मेची काली चिन्दैनन् तिमीलाई,,
भन कती यो देशलाई राम दियौ आधिखोला,,
हर्दम तिम्रै नाम जप्छु सम्झी भाकल गर्छु,,
धन्य छौ खुशी भर्या खाम दियौ आधिखोला,,
No comments:
Post a Comment