Wednesday, May 16, 2012

गजल-"मारे मलाई"
{{{लय:४+४+४+५=१७ अक्षरको संरचना}}}
मेरो बाबु//गुन्डागर्दी//लगाएर//मारे मलाई

मेरो बाबु गुन्डागर्दी लगाएर मारे मलाई,,
कुट्दै-कुट्दै त्रिशुलीमा बगाएर मारे मलाई,,

नखोज भो तिम्रो बाबा फर्किएर आउने छैन,,
मध्यराति जंगलमा भगाएर मारे मलाई,,

सत्य कुरा भन्ने थिएँ पताउँछ यहाँ कसले,,
बिस्तारमा सुत्दा-सुत्दै जगाएर मारे मलाई,,

प्रतिकार गर्न खोजें पाउँ परें नमार भनि,,
कताबाट गोलीगठ्ठा मगाएर मारे मलाई,,

मेरो अस्थी हेर्छौ भने नारायणी तिरमा जानु,,
निर्दोष म सबै दोष हगाएर मारे मलाई ,,


No comments:

Post a Comment