((लय:४+४+६=१४ अक्षरको संरचना))
{{{नेपालीको//सदभाव//भड्काउने को हो??}}}
नेपालीको सदभाव भड्काउने को हो??,,
मिल्यो-मिल्यो भन्दै कुरा अड्काउने को हो??,,
उठ-उठ देश भन्दा जाति ठुलो भन्दै,,
फट-फट कालो जिब्रो फड्काउने को हो??,,
जात-जाति मिलि बस्दा हिजो देशै भरी,,
ठाउँ-ठाउँ गोलि बम पड्काउने को हो??
राजनीति घुसाएर जात-जाति भित्र,,
एक मुटु भिन्न चाल धड्काउने को हो??
तिमि हामी लडाएर भनिदेउ बिन्ति,,
और्सबादी यहाँ सत्ता छड्काउने को हो??
गन्ति हुन्छ चुक्ता पनि भविष्यमा तेरो,,
थाहै होला भोलि गाला चड्काउने को हो??
ठाउँ-ठाउँ गोलि बम पड्काउने को हो??
राजनीति घुसाएर जात-जाति भित्र,,
एक मुटु भिन्न चाल धड्काउने को हो??
तिमि हामी लडाएर भनिदेउ बिन्ति,,
और्सबादी यहाँ सत्ता छड्काउने को हो??
गन्ति हुन्छ चुक्ता पनि भविष्यमा तेरो,,
थाहै होला भोलि गाला चड्काउने को हो??
No comments:
Post a Comment