Tuesday, August 21, 2012

गजल-"बात होलान्"
(लय:४+४+३+४=१५ अक्षर)
{{पल-पल//जिन्दगीमा//हारेका//बात होलान्}}

पल-पल जिन्दगीमा हारेका बात होलान्,,
आफन्तैले चुलो चौको बारेका बात होलान्,,

भो नभन मेरो पनि चसक्क हुन्छ छाती,,
मैले पनि बलिन्धारा झारेका बात होलान्,,

देखाउन हुन्न आँशु जलोस मन मुटु,,
बैगुनीले डेरा अन्तै सारेका बात होलान्,,

ढुंगा हैन शिलाजित पूज्छन दुनियाँले,,
त्यहि ढुंगा टुक्रा-टुक्रा पारेका बात होलान्,,

अस्ताएका तारालाई बिर्सेकै बेस होला,,
सम्झनामा संगै खोलि तारेका बात होलान्,,

फर्किएर आउँदैनन् घुमन्ते मैनाहरू,,
खोजि हेर अन्तै हल नारेका बात होलान्,,

भत्काएर भित्ताहरु आँट भो संगै बसौ,,
दुख्दा दिल आशाहरु मारेका बात होलान्,,

No comments:

Post a Comment