Tuesday, August 21, 2012

गजल-"बोलबम,बुढी र म"

साउन भरी मेरो नजिक नआउ भन्छे बुढी,,
रक्सि पिउन भट्टी भट्टीमा नजाउ भन्छे बुढी,,

मलाई भने तल्तल लाग्छ पारुको र दारुको,,
बोल बम रे माछा र मासु नखाउ भन्छे बुढी,,

कसरी काटौ एक महिना बिर्सेर सबै कुरा,,
जुवाघरमा दाउ लाउन नधाउ भन्छे बुढी,,


संकालु बानि मेरी बुढीको गर्छे नि चियो चर्चो,,
लाएझैँ गरी अन्तै नजर नलाउ भन्छे बुढी,,

No comments:

Post a Comment