Tuesday, August 21, 2012

गजल-"यार"

कति मान्छे पृथ्बिलाई भार भा'छन् यहाँ,,
कति आत्मा संसारकै सार भा'छन् यहाँ,,

पट मुर्ख रावण नि थुप्रै होलान् हुन,,
कोहि-कोहि तिन्कै उपचार भा'छन् यहाँ,,

स्वार्थ छैन भन्नु किन स्वार्थ भित्रै बाँची,,
कंशहरु कृष्ण अबतार भा'छन् यहाँ,,


हाँस्छ ढुंगे मुटु हुने कुल्चिएर फूल,,
दुख्नेहरु कवि गजल्कार भा'छन् यहाँ,,

शब्द शिल्पी जान्नेहरु बुझकारी साह्रै,,
मेरा लागि तिनै मान्छे यार भा'छन् यहाँ,,

No comments:

Post a Comment