Tuesday, January 24, 2012

सुन्दै छु माया अचेल शहर तिर यत्र-तत्र फुल्या'छ रे!,,
पापी मनहरु कोपिला खोज्दै बस्ति-बस्ति डुल्या'छ रे!,,
ओठे माया मौला'को छ र मनको रोगि बौला'को छ!,,
कस्तो आयो दिन गुडियाको पछी संसार झुल्या'छ रे!,,
के भा'को कोहि सिनो बन्न कोहि सिनो लुछ्न हतार,,
गल्लि-गल्लिमा माया बेच्ने खुद्रा पसल खुल्या'छ रे!,,
कहाँ जोगाऊ म यो मायाको सगुन भनि रा'छ ठुलेले,,
यो अतृप्त दुनिया देखि उसमा पनि भोक चुल्या'छ रे!,,

No comments:

Post a Comment