Wednesday, January 25, 2012

शुन्य भएछ गाउँ बस्ति फर्केर कोहि नजाने,,
ढिडो आटो छि:छि: भन्दै तर्केर कोहि नजाने,,

पाखा-पखेरा रोएर के गर्नु सबै बहिरा काना,,
गाउँ फर्कौ कति भनौ र!झर्केर कोहि नजाने,,

सम्झेर फर्कने को?बिर्सेर हिड्ने कै ताँती छ,,
बिराना मान्छेहरु पधेरी लर्केर कोहि नजाने,,

कठै मेरो सुन्दर बस्ति बन्ने भो एकादेशको,,
थुम्कीको बर-पिपल मन सर्केर कोहि नजाने,,

No comments:

Post a Comment