Tuesday, January 24, 2012

घृणा भित्रको प्रेम र त्यस्को अन्त्य

घृणा भित्रको प्रेम र त्यस्को अन्त्य

by Arun Chhetri Anuragi on Monday, February 28, 2011 at 7:07am
जसको निधारमा लेखेको थि..यो..उसलाई सबै खुसि सुहायो....,,
जसको छ निधार खोटो उसै..लाई.... दैबले धरधरी रुवायो.....,,
यस्तै आवाज यो सडक पेटी,नदीको किनारा,अनि चोक-चोक मा गुन्जिन लाएको पनि दुई बर्ष भई सकेछ.यो बस्तीका यी कान सुन्ने बहिराहरु उसलाई देख्दा साइत बिग्रयो भन्छन अनि कुट पिट गर्छन पानी खनाइदिन्छ्न ढुंगा मुढा गर्छन"लंगडो"भन्छन सबैले.... उ सके सम्म गोडा खाच्चादै भाग्छ जब उ सिथिल हुन्छ लडाइमा हारेको सिपाही झैँ आँखा भरि आशु गर्दै पुर्लुक्क ति सभ्य दानबहरुको निर्दई मुहारमा हेर्छ कतै छुटकारा पाउने आशमा तर.....बिचरा साहिलो हो उ पागल हो तर न त उसले अहिले सम्म कसैलाई नराम्रो गर्यो न त केहि बिरायो नै...........यदी नराम्रो गर्न जानेको भए पक्कै पनि उ सबैको माया,सम्मान र एउटा देशको ढुकढुकी बनेर सबैका सामु पहिचान र गर्बका साथ आफ्नो जादुमय स्वरले मन्त्र मुघ्द पार्थ्यो.आज उसैको कला र उत्साहमा आगो लगाई नौला सामन्तहरु आँखा देख्ने अन्धाहरु सामु उचाई नभएका छाती देखाएर हिड्दैछन्.खैर..साहिलो आफ्नो कलाको धर्म निभाई रहेछ लंगडो बनेर सडकको पेटीमा पोहोर सालसम्म त सपांगै थियो पोहोरको जाडोमा गाडीले थिचेर लंगडो भएको छ.उसको जिबन नै एउटा लौरी छ जसलाई उ बासुरी ठान्छ र फु-फु गर्दै गीत गाउछ बिरह लाग्दो पाराले......
"आँशुको कुवा म माथि कहिले सम्म खानाउछ्स ए दैब,,
मरेको लाशलाई सिनो कहिले सम्म बनाउछस ए दैब,,
आजकल २/३ दिन भो उ एउटा नयाँ रुपमा आएको छ पोख्त आभिनय गर्ने कलाकारलाई बिर्साउने पाराले उस्ले उ बाटोमा रुन्छ अनी भन्छ-"सानु के मन पराउनु अपराध हो?तिमिलाई मन पराउद अपराध हुन्छ भने म त्यस्तो अपराध धारा-प्रबाह रुपमा गर्न चाहन्छु.किन तिमीले मेरो माया बुझिनौ?,मेरो मायामा के खोट देखेउ? के मैले माया गर्न जानिन? किन ढाट्छेउ आँफैलाई?,आउ प्रिया आउ मेरो मन-मन्दिरमा बास बस तिमीलाई सुखै-सुखमा राख्छु त म भन्न सक्दिन तर रुन दिने छैन,मेरो सामु बसेर त हेर मलाई अपनाएर त हेर संसारमा अहिले सम्म कसैले कसैलाई गरेको माया भन्दा लाख गुना बढी माया गर्छु त्यती बेला तिमीलाई यो माया भन्ने शब्द नै फिका लाग्ने छ"आउ आफ्नो मानेर त हेर आँखाबाट आशुको खोला बगाउदै त्यसो भन्दा-भन्दै फेरी हास्न थाल्छ अनी भन्छ "आयौ सानु, आउ मलाई माया गर" आउ अनी त्यो फोहोर को थुप्रो अङ्गाल्न पुग्छ यतिबेला सम्म थुप्रै मन्छेहरुको भिड जम्मा भै सकेको हुन्छ बिचरा सानु-सानु भन्दै साईलो गीत गाउँन थाल्छ-
"जलायो मायाले तड्पाइ-तड्पाइ जिउदो लाशलाई।।।।
कसैको कखमा माया गर्दा-गर्दै मर्ने मनको आशलाई....."
त्यो बेला सबैको आँखा रसाएको थियो र म पनि भक्कानिएको थिए.साइलाले चारै तिर हेर्छ सबैको आखा रसाएको देख्छ झन समाल्नै नसक्ने हुन्छ एक छेउमा उ केहि देख्छ यसो उस्को नजर अडिन्छ अनि एकाएक उस्को प्राण पखेरु उड्छ अनी एक प्रेम शाहीदलाई सलामी दिएर निस्कदै जब पछि त्यो छेउमा गएर म हेर्छु त्यहाबाट सुक्क-सुक्क रुदै कमलकि भर्खर बिहे गरेकि श्रीमति राधा घर तिर जादै गरेकि हुन्छे .............

No comments:

Post a Comment