आत्मा बेच्नु भन्दा,जुनिभर भूइको धुलो हुन बरु तयार,,
कसैको पाउ मोल्नु भन्दा,एकालासेमा म रुन बरु तयार,,
आफैलाई लुटाउने लाचार हैन म,मुटु चिर्ने निर्दई छैन म,,
आफ्नै पसिनाले आर्जेको मोहोर-कमाई....छुन बरु तयार,,
कति हो उफ...!दुनियामा मनको दलाली,तनको दलाली,,
कागजी फूलसंग हाँस्नु भन्दा,आँसुले मुख धुन बरु तयार,,
सभ्यता भन्दै नांगिरा'छ लोक-सारा,हटी सक्यो भाइचारा,,
आफ्नोपन र राष्ट्रियता भज्दै-भज्दै म बौलाउन बरु तयार,,
No comments:
Post a Comment