जिन्दगीमा मलाई पनि कतै..नाता जोड्न मन लाग्यो,
एक्लै बस्ने आफ्नै बाँचा आजै बाट तोड्न मन लाग्यो,
माया प्रेम झुट्टा लाग्थ्यो,संसार पुरा स्वार्थी मात्रै सोच्थे,
मन र मनबता खोज्दै आफुलाई त्यतै मोड्न मन लाग्यो,
खुट्टा तान्ने र आरिस गर्नेको चारैतिर ठुलै जमात देख्छु,
यो दानब संजाललाई टुक्रा-टुक्रा पारि फोड्न मन लाग्यो,
हे ईश्वर..!आफ्नै छन् गला रेट्ने,छुरा हानी तिर्खा मेट्ने,
अजर-माया जोडी पापीहरुको सङ्गत छोड्न मन लाग्यो,
No comments:
Post a Comment