Saturday, February 11, 2012

एकाएकै कसै संग नजिक भा'छु अचेल,,
उन्लाई भेट्ने बहाना खोज्न ला'छु अचेल,,

उनि पुर्ब पश्चिमको म फरक धेरै कुरा,,
एकै ठाउँमा किन-किन दुबै पा'छु अचेल,,

राम्री उस्तै सुबाशिली बाआमाले खोजे जस्तै,,
लठ्ठीएर उनैलाई पछाई रा'छु अचेल,,

बातै मिठो नातै मिठो मन परेको हुनाले,,
निदरिमा ए छुच्ची!भन्दै भेट्न गा'छु अचेल,,

सपनीमा कति भेट्नु बिपनिमै भेटौ भनि,,
लगन-गाँठो कस्ने पो कसम खा'छु अचेल,,

No comments:

Post a Comment