चले महादेव पर्बतीलाई लिएर,,
भाङ्ग धतुरो पिएर,,
भन्दै थालिएको
बसाई पछाडी जुहारीमा पुग्दा यस्तो होला जस्तो लाग्छ मलाई((श्री-स्वस्थानी
साङ्गेत र रोधीघरको सम्झना गराउने जमर्को गरे हजुरहरुलाई......))
केटा: दीदी भनि डाकें बैनी रैछौ मोरी त,,
जिम्माल बा कि छोरी त,,
केटि: तिमि फर्की आनौ माग्न आउने ताँती भो,,
डाँडै काटिन जाति भो,,
केटा: नभन न त्यसो खान्छ मुटु बेसरी,,
राम्री भैछौ केशरी,,
केटि: दिदीले झैँ गरी रुनु मन ला'छैन,,
के बोल्दैछौ था'छैन,,
केटा: साँच्चै भनौ भने तिमीलाई हो नि चाहेको,,
बल्ल भेट्न पाएको,,
केटि: बोलि मिठो छ नि जूनतारा झार्दिन्छौ,,
रुदै हिड्ने पार्दिन्छौ,,
केटा: त्यस्तो हैन कान्छी ढाँटे छले मरी जाउँ,,
अलपत्रै म परि जाउँ,,
केटि: थोरै-थोरै माया लाउँछ तिम्रो लाउन त,,
घरमै माग्न आउन त,,
केटा: दिए राम्रै भयो आउँछु घरमा माग्नलाई,,
नत्र पर्छ भाग्नलाई,,
No comments:
Post a Comment