Saturday, February 11, 2012

सडक बालबालिकाको प्रतिनिधि रचना;गजल तयार पार्ने आँट र रहर गरे के-के भयो कृपया सुझाव सल्लाहले कष्ट गरिदिनु होला.....

सडकैमा हुर्की रा'छु,खाते भन्छन मलाई,,
दुनियाँको जुठो खान्छु,भाते भन्छन मलाई,,

मेरो कुरा सुन्दैनन्,पताउदैनन कसैले,,
बिस्वास गर भनौ त,बाते भन्छन मलाई,,

बाबा आमा सोध्नेलाई,रुदै-रुदै बिते भन्दा,,
गालि गर्दै टोकाहा तँ,दाँते भन्छन मलाई,,

बम्को छर्रा लाग्यो पोहोर,खेलाउँदा फोहोर,,
आजभोली सबैले एक्,हाते भन्छन मलाई,,

चोर्न छल्न आउदैन,बाटो-घाटो मागी बस्छु,,
हुने खानेहरु झार,पाते भन्छन मलाई,,

धन्यबाद!!!

No comments:

Post a Comment