बैगुनीलाई गुनैले,मार्न पाए सत्य,,
जुनतारा झटारोले,झार्न पाए सत्य,,
अर्कै हुन्थ्यो होला जुनी,किन थिएँ रुनी,,
उन्लाई माया जालैमा,पार्न पाए सत्य,,
खुसीहरू लोलाउथे,पक्कै मझेरीमा,,
आँधिखोला छुचीलाई,तार्न पाए सत्य,,
मनै भरि गुलाब् रोपी,परेलिले छोपी,,
अधरको कपाईले,बार्न पाए सत्य,,
लिप्त हुदै प्रणयमा,सातजूनीसम्म,,
संगै-संगै हाम्ले प्राण,हार्न पाए सत्य,,
No comments:
Post a Comment