Monday, March 5, 2012

हाम्रो माया सुनामीको छाल नहोस् सानु,,
उल्टो-सुल्टो बोल्ने ईन्द्रजाल नहोस् सानु,,

समर्पित हुन पाउँ एक्लासे तिमीमा,,
हार्ने जित्ने जुवाडेको खाल नहोस् सानु,,

मगमग बास्ना चलोस् मन्को मझेरीमा,,
सुगन्धको कति अनिकाल नहोस् सानु,,

यति मिठो बोलि फूल भरौ झैँ लौरीमा,,
प्राण नास्ने बन्दुकको नाल नहोस् सानु,,

मन फाटी वियोगमा रुँदा-रुँदै हामी,,
तिम्रो रारा मेरो फेवाताल नहोस् सानु,,
>>>प्रणय-दिबस र प्रणय<<<

चारैतिर यत्रतत्र
प्रेमको बहार आयो भन्छन
यो त मायाको मौसम रे!
प्रिती मग-मगायो भन्छन
रातो गुलावको हाहाकार छ रे!
फूल पसल देखि बगैचासम्म
प्रेम प्रेमीहरुको
भिडम-भाड छ रे
मन्दिर,मस्जिद,चैत्य,गुम्बा
पार्क देखि एकान्त ठाउँसम्म
फेवाताल,चियाबगान,कर्णाली पुल
मात्र कहाँ
सौराहा,पाल्पाको रानी-महल देखि
कलिन्पोंग,ताजमहल,नैनीताल,
गोवासम्म
न्यूयोर्क,क्यालिफोनिया,वासिंगटन देखि
पेरिस,सिड्नी,म्याड्रिड,
रियो दि जेनेरियो,म्युनिख,मस्को,
संघाई हुदै
टोरेंटो,फुकुओका,जेनेभासम्म
सारा जगत भरि
+<<<>>>+<<<>>>+
तर
कति प्रश्नका निशानी छन्
ति दिलहरु
कति बल्झेका छन् खिलहरु
कुरा के गर्नु र!!
हेर्दै सातो जाने
खर्चका बिलहरु

एउटाको शिरमा नटेकी
अर्को माथी को नै पुगेको छ र!!
एउटालाई न लुटी
अर्को सम्पन्न कहाँ भा'को छ र!!
एउटालाई नमारी
अर्कोले जिबन कहाँ पा'को छ र!!
दिलको संसारमा पानि
त्यसैले
के कुरा गर्नु यो अत्याचार र अत्याचारिको
यो ब्रहम-लूट र लुटाहाको
विभत्स हत्या र हत्याराको
भो चर्चा नगरे कै राम्रो
कागजको फूलमा अत्तर
नछरे कै राम्रो
+<<<>>>+<<<>>>+
यो दुर्गन्धित प्रेम जगत भित्र
हाम्रो स्थान कहाँ रहनेछ
एक गम्भीर प्रश्न
त्यो भ्यालेनटाईनले सोध्यो मलाई
रोमियो र जेलियटले सोधे मलाई

 मुना र मदनले सोधे मलाई
लैला र मज्नुनले सोधे मलाई
हाम्रै गाउँका भुन्टे र च्यान्टीले सोधे मलाई
सायद तिमीलाई पनि सोधे होलान
अनि हामी जस्तै
हरेक प्रेम-प्रेमीलाई सोधे होलान
+<<<>>>+<<<>>>+
मेरो कुरा गर्छौ भने
हे अमर-प्रेमीहरु हो,
उनि संगको मेरो प्रेम
त्यो कुनै अंग बिशेषमा सिमित छैन
उनको उच्च छाती
दबाउने रहर हैन
उनको लाजमा सिंचित गर्ने पनि
ठहर हैन
न त तिर्खाएको नै छु म
पिउनलाई उनको अधर
न त उनको तातो शास
र निर्बस्त्र रुप कै
भोको हुँ म
यस्तो भन्दै गर्दा
भर्खर पानि पिएको ऊँट
अघाएको बाघ
सिनो लुछ्ने गिध्द
वा त्यस्तै-त्यस्तै पातकी

 पुरुष-बेश्या वा असक्षम
पनि नसम्झ
बिन्ति!!!
हे प्रेम शहिदहरु......
+<<<>>>+<<<>>>+
बाटो घाटो नभनी
उनि संग बरालिनु छैन
होटेल र पार्टी तिर
उरालिनु छैन
औशी देखि पुर्णिमाका लागि
खोलि तर्दाको लौरी पानि
हैन यो साईनो
भलै म उनलाई सजाउने
महल र हिराको हार
अनि
त्यो कृतिम गुलाब
छैन होला मसंग
तर उनका लागि
पाखा बारीमा फूलेको प्याउली र गुँरास छ
एकजोर चाँदी-बाला र गुन्यूचोली छ
उनीलाई हाँस्दाको माया छ रुँदाको माया छ
सम्झिदाको माया छ बिर्सिदाको माया छ
कलेजीको माया छ परेलीको माया छ
बैशालुको माया छ बुढौलीको माया छ

सृष्टिको माया छ
जुनिभरलाई!!!!!!!
चोखो माया गर्छु
मेरी उनीलाई
हरेक पल हरेक दिन
प्रणय-दिबस फिका लाग्ने
माया दिनेछु
न कि यो मायाका दरिद्रीहरुले जस्तो
डरपोक र रुन्चे ले झैँ
एक दिन कुरेर बसुँ
१४ फेब्रअरी
साथीभाई अति गरे जन्त जान पाउँ भनि,,
ईष्टमित्र उस्तै गर्ने बिहे भोज खाउँ भनि,,

सम्धी-सम्धिनी हुन आतुर बाबा आमालाई,,
फोन गरेर सोध्छु बेहुलो बन्न आऊँ भनि,,

मेरो लमी बन्छु भन्दै आउँछन अरे कति,,
सोध्नेलाई के भनौ कस्तो कुलमा जाउँ भनि,,

पछी परिस् भन्छन सबै हो कि जस्तै लाग्या'छ,,
रामे श्यामे धाक दिने छोर्छोरिको बाउ भनि,,

मैले पनि सुर कसे बस्दिन भो एक्लै अब,,
एउटी मोरी आ'की छ चोखो माया लाउँ भनि,,
म त शिर्मा लाउँदिन बाग्मतिको जल हजुर,,
मिसिएको देखि-देखि काठ्माण्डौको ढल हजुर,,

हजुरआमा भन्नुहुन्छ पश्पतीमा तिर्थ गा'को,,
मिल्थ्यो रे सुन्दरीजल नुहाएको फल हजुर,,

पानी बग्ने नदीमा कठै!लेदो बग्छ बाह्रैमास,,
माथि पट्टी लाश पोल्ने स्नान गर्ने तल हजुर,,

बिष्णुमति मनोहरा हेर रोई रा'छान बरा!,,
नझार बिन्ति भन्दै फोहोर,मुत्र-मल हजुर,,

कस्तो थियो के भयो खै नेपाल-शहर अचेल,,
पोखिन्छ भन्छन सधै रगतको भल हजुर,,
सेतै कपाल फुल्यो नानी बुडी नभन,,
लौरीको भर हिड्छु म त डुडी नभन,,

सबै सध्य तरुना कहाँ छन् भन राजै,,
कथा लेख्छु घाईते मन्को गुडी नभन,,

कान्छी परि पासोमा लाहुरेको हाँसोमा,,
उसकै चिनो नाजायज भुडी नभन,,

हे अन्धो समाज कति हेप्छौ होचोलाई,,
आफै मरेतुल्य छ रन्डी फुडी नभन,,
तिमीसंगै लठ्ठि रा'छन् छ सय एक जोगीहरु,,
जगाई दिनु भोले बाबा निद्रामा छन् ढोगीहरु,,

भाङ्ग-धतुरो भन्दा कडा हुदो रै'छ कालो धन,,
त्यसैले त हत्ते गर्छन् त्यसकै लागी भोगीहरु,,

जनता र देश बिर्से बालुवाटार सम्झिएर,,
कहिले निको हुन्छन खै कुर्चीका यी रोगीहरु,,

देशै टुक्रा पार्ने कुरा नेपाली माया मार्ने कुरा,,
रोक्ने होला कसरी थुप्रै देख्छु सह-योगीहरु,,
विशेष त्यो अदालतको कुरा थियो हजुर,,
सयौ गुप्ताहरुलाई जो मुक्ति दियो हजुर,,

करोडौको ज्यायजेथा केहि छैन भन्नलाई,,
थाहा छैन कसले कति-कति लियो हजुर,,

चिरन्जिबी,जोशी,खड्का थुप्रैलाई चोखाएर,,
कानुनको दलालले खै के-के पियो हजुर,,

आज फेरी कतै पाप कराएको देख्दा खेरी,,
खडै छ जस्तो लाग्यो अदालती मियो हजुर,,

एक-एक भ्रष्टचारी ढल्नु पर्छ सामन्ती नि,,
जस्का कारण यो देश् यति सारो खियो हजुर,,
कति सम्म आफैलाई ढाट्न सक्छौ ढाट,,
च्यातिएर मनबाट फाट्न सक्छौ फाट,,

सिपालु छौ बेग हान्न फिजाएर प्वाख,,
पिंजडामा छैनौ डाँडा काट्न सक्छौ काट,,

कुवा भित्र अट्थेउ के ह्वेल माछा तिमि,,
जता खान्की उतै मात साट्न सक्छौ साट,,

तिम्रै तिर बाबियो लहलह भ'को बेला,,
जबानिको हतौरी लौ बाट्न सक्छौ बाट,,

मौरी त्यतै डुलेको तोरी पनि फूलेको,,
मह काढ्दै आफ्नो हात चाट्न सक्छौ चाट,,
मन्को ताई कता गो गित गजल फुराउने,,
थुप्रै थिए साथीभाई लेख भन्दै सुराउने,,

हुन्छ कि त मल गरे,सानो तिनो छल गरे,,
भाग बसे निम्तालु त कतिन्जेल कुराउने,,

सुस्ताएछु निदाएछु किन होला पत्तो छैन,,
कहिले होला मैले खै सब्को धोको पुराउने,,

सबै फूल फुलाएर साहित्यको फूल्बारीमा,,
बाचा थियो आफैमा कृति लगन जुराउने,,

मर्न नदेउ सर्स्वती अल्पकालमा भावना,,
छिट्टै छ यो हेर एक दिन जुर मुराउने,,
बुढौलीले छोएछ हिड्दा-हिड्दै गल्छेउ दिदी,,
धरोधर्म अझै नि धपक्कै पो बल्छेउ दिदी,,

बिदेश्बाट डलर हप्तै पिच्छे ब्यूटीपार्लर,,
चाउरिएको गाला कति क्रिम दल्छेउ दिदी,,

टाइट पाईन्ट,स्कट सोह्र बर्षे कोरली झैँ,,
पार्दर्शी दुनियामा कतिन्जेल चल्छेउ दिदी,,

प्रदेशमा भेना राजै होस्टेलमा भान्जा-भान्जी,,
सोझा सासु ससुरा छल्नु सम्म छल्छेउ दिदी,,

'जिरो फिगर' बनाउने रे भोक-भोकै बसि,,
होस् गर बाटो-घाटो चक्कर् लागि ढल्छेउ दिदी,,
डाक्टर भट्टराई तिमि नि मासिएकै रै'छौ,,
भ्रष्टचारको दल-दलमा भासिएकै रै'छौ,,

देशै गाभ्ने भन्छौ उत्तर दक्षिण एकातिर,,
जरो टुप्पो कुहेर बिचार नासिएकै रै'छौ,,

अरुलाई भन्थेउ साह्रै सत्ता लिप्सा भएका,,
लिसो झैँ कुर्चीमा बाबुराम टासिएकै रै'छौ,,

उद्घाटन,समारोह सिमा पारी कति जान्छौ,,
भारतसंग आधा शरीर गासिएकै रै'छौ,,

दुनियाले खोजेका बिद्दान भनेर रोजेका,,
गोरु जस्तै भकारोमा बरा घासिएकै रै'छौ,,
सारै मिल्ने साथी हामी के कुराले फाटो आयो,,
हिड्दा-हिड्दै छुट्टिने खै कहाँनेर बाटो आयो,,

बिस्वासको गगन चुम्बी महल खडा गरी,,
बोलचाल टुंगाउने कुन चाहिँ लाटो आयो,,

संगै स्कुल,क्याम्पस पढेंऊँ दाजुभाई जस्तै,,
अबिर थियो हातैमा कसरी पो माटो आयो,,

तिमीलाई नै थाहा छ प्रदेशमा कस्तो हुन्छ,,
तिम्रो खुसि चाहिन रे सुने त्यस्कै साटो आयो,,

सत्य होला मेरो मन्मा रिस-राग छैन मित्र,,
यति राम्रो सम्बन्ध के कारणले टाटो आयो,,
जैसी बाहुन सराप्दै काठो भन्ने होसियार,,
दलितलाई अछुत जाठो भन्ने होसियार,,

भाई-भाईमा फटाउने ए विखण्डन्कारी हो,,
रक्षक यो क्षेत्रीलाई लाठो भन्ने होसियार,,

राई,लिम्बु,गुरुङ,तामाङ्ग,शेर्पा मुर्ख भन्दै,,
मगर सोझो जिनिर-गाठो भन्ने होसियार,,

नेवार,थारु संस्कृती एकताका धनी सामु,,
चिरेर देश लगाऊँ आठो भन्ने होसियार,,

निषेध् हैन सबै जाति सम्मान गरौ धर्मको,,
नौटंकी तँ पाठीलाई पाठो भन्ने होसियार,,

षड्यन्त्रको पर्दाफास गरौ आमा दीदी भन्दा,,
आफ्नै भाई भ्तीजालाई नाठो भन्ने होसियार,,
झुट के हो सत्य के हो चिन्नु कसरी,,
धराप छ चारैतिर हिन्नु कसरी,,

कुहिरोले ढाकेर समथर भाको,,
त्यसै माथि घरबारी किन्नु कसरी,,

मनहरु रेलिन्छन रे बिस्कुन झैँ,,
उठाएर सिलौटोमा पिन्नु कसरी,,

आउँछन रे व्याधिहरु फूल बोकी,
ठम्माएर तिन्को गला छिन्नु कसरी,,