"प्रचण्ड"!!!
गजल
(((५+५+५=१५ को लय)))
भारतलाई सधै सराप हाल्ने प्रचण्ड,,
उस्कै बिरुद्द राँके जुलुस बाल्ने प्रचण्ड,,
नेपाल बन्द आन्दोलनमा होमिएको ऊ,,
माओबादिमै दलाल खोज्न थाल्ने प्रचण्ड,,
राष्टियताको बिगुल फुक्दै रोई कराई,,
जनतालाई झुक्काउदै उचाल्ने प्रचण्ड,,
बुझ्दैछु बल्ल भारतसंगै गुहार माग्दा,,
आफै रहेछ बिस्तारबाद पाल्ने प्रचण्ड,,
संबिधान त्यो बन्दैन अरे भैया नभए,,
देखियो आज भारत हाम फाल्ने प्रचण्ड,,
भ्रमको खेति मौलाएको भो हेर्नु हेरियो,,
नेपालीलाई आश्वाशनमै टाल्ने प्रचण्ड,,
No comments:
Post a Comment