Wednesday, May 16, 2012

"जनविद्रोहको ध्वाँस र कमरेड"
गजल {[लय:६+४+६=१६ को संरचना]}

विद्रोहको कुरा खोल-खोलै गयो कमरेड,,
तिम्रो लागि कस्तो दुखान्त नै भयो कमरेड,,

ताना-बाना थियो खाने कति अझै घुर्काएर,,
हुरी आयो लौन बाढीले पो लयो कमरेड,,

टुक्रा-टुक्रा देश लड्दा खेरि जाती-जाती यहाँ,,
सोच्ने हो कि नाफा घाटा कति छ यो कमरेड,,

छोडे हुन्छ अब साम्यवादी नारा घन्काउन,,
न आउँछ कहिँ पारा लाग्छ न यो कमरेड,,

आजै देखि गरौ बन्द मार्ने-मर्ने खेल बिन्ति,,
निबेदन गर्छु सुन-सुन म यो कमरेड,,

No comments:

Post a Comment