Wednesday, May 16, 2012

हाईकु(दोस्रो प्रयास)
१.
आमाको माया
मुग्लानको बसाई
दुई किनारा

२.
चौधारा रुने
हेर सेती र काली
पोल्छ यो छाती

३.
फाटेको चोली
तारे भिरको घाँस
फिरेन दिन
४.
साहुको ऋण
भोज भतेर उता
भोकै छौ आमा

५.
आउँला अब
हेप्छ होला कसले
को भन्छ बोक्सी

No comments:

Post a Comment