Wednesday, May 16, 2012

हाईकु(केहि)

संदेश के छ
धुकधुकी रोकियो
मैले के गरूँ

बाटो फेरियो
परेलीको निशाना
को आयो गयो

फुलको थुंगा
शृंगार पटार छ
लाजको पोको

बिना बादल
पानि पानि होला नि
बैंश पोखिँदा

अघायौ होला
ढल्केछ नि उमेर
ईनार सुक्यो

No comments:

Post a Comment