Wednesday, May 16, 2012

मेरै मुटु कलेजीमा थियौ र त रोएँ,,
एकैचोटी ठुलो चोट दियौ र त रोएँ,,

प्राण किन मागीनौ दिन्थें बरु हाँसेरै,,
रुमाल चिनो तै फिर्ता लियौ र त रोएँ,,

खित्का छोडी हाँसेउ जितेउ क्यारे बाजी,,
मेरो आँशु प्यासी बन्दै पियौ र त रोएँ,,

तिमि बिना मर्छु भन्थेउ नि बिधारानी,,
मलाई मारेर तिमि जियौ र त रोएँ,,

No comments:

Post a Comment