Wednesday, May 16, 2012

गजल:-"आमा"

पैतालाका खिल आमा चस्किएर रुन्छौ होला,,
मलाई खाना थालैमा पस्किएर रुन्छौ होला,,

बुढेसकालमा एक्लै छोडी प्रदेशिनु पर्यो,,
बोलाउदै मेरो नाम झस्किएर रुन्छौ होला,,

लेक-बेसी घाँस दाउरा मेलापात् सधै भरि,,
दु:ख माथि दुखै गाँठो कस्किएर रुन्छौ होला,,

सुखको शास अहिले सम्म फेर्न पाकी हैनौ,,
कल्पनाको तिखा चुली खस्किएर रुन्छौ होला,,

घर फर्की आजसम्म आउन सक्या छैन म,,
आँखै सामु देख्न पाए हस्किएर रुन्छौ होला,,

No comments:

Post a Comment