"अन्त्य"
आउँदैन ऊ फर्केर आशा मारे हुन्छ अब,,
मुर्दा आउला घरिमा घाट झारे हुन्छ अब,,
बाबा आमा सम्झी-सम्झी रुने मान्छे कठैबरा,,
दैब लाग्यो रुँदै-रुँदै कोरा बारे हुन्छ अब,,
लत्ता-कपडा बिस्तारा बाँकी होलान् कति कुरा,,
पँधेरीमा जलाउन पोको पारे हुन्छ अब,,
साहुको ऋण तिर्छु पैसा कमाई फिर्छु भन्थ्यो,,
गैरी खेत्मा साहुहरू हल नारे हुन्छ अब,,
मन्दिरमा प्रेम बिहे गर्याथ्यो रे कान्छीसंग,,
कान्छी उस्का यादहरु पर सारे हुन्छ अब,,
साह्रै जाति मेरो मित्र दुईदिनको पाहुना,,
जितोस कोहि पापीले अरु हारे हुन्छ अब,,
No comments:
Post a Comment