Wednesday, May 16, 2012

सोझो देखि दु:खीलाई ढाटेउ खुनिले,,
मेरै घर्को बाटो डाँडा काटेउ खुनिले,,

मेरो प्राण,ढुकढुकी,जिन्दगी हौ भन्दै,,
अर्कै सँग मन-मुटु साटेउ खुनिले,,

किन्नु भनि चुरापोते सिन्दुर मलाई,,
पराईको फुर्के डोरी बाटेउ खुनिले,,

धर्ति भन्दा चौडा माया समर्पण गर्दा,,
ज्वालामुखी बनि दिल्मा फाटेउ खुनिले,,

बिर्सिएर बाचा-कसम् भाकल देवीको,,
र्याल काढ्दै धन्को खुर चाटेउ खुनिले,,

No comments:

Post a Comment