Wednesday, May 16, 2012

उनीलाई भेट्न नपाउँदा...........

मेरै गाउँमा आई शोल्टी जान्छौ नभेटी?,,
पुरै सगुन एक्लै-एक्लै खान्छौ नभेटी?,,

रुपै मोहनी मन झनै भव-सागर,,
शब्द लहरी हाम्रो बिच बान्छौ नभेटी?,,

हिजो घुमेउ घुम्दै भोलि फिर्ती सबारी,,
एकै बचन दिए हुन्थ्यो लान्छौ नभेटी?,,

बास बसेउ पल्लो घर स्वर दबाई,,
शान्त तलाउ साच्चै ढुंगा हान्छौ नभेटी?,,

गरें भरोसा व्यर्थै मैले तिम्रो कल्पना,,
रोगि मनको अरुण के मान्छौ नभेटी?,,

No comments:

Post a Comment