बेहाल पारे नेताहरु,स्वदेशको हाल,,
सुधार्देउ तिनको मति,बिन्ति नयाँ साल,,
आश्वासन कति हो कति,झुट पनि उति,,
रट्न कति दिनु र,यिनलाई ईन्द्रजाल,,
शान्तिको त बासै खेदे,चण्डालको भिडले,,
न्याय निशाफ दिलाउने,बन्दुकको नाल,,
कसम खाको भुल्दै,देशको मुहार फेर्ने,,
अझै पौडी खेल्ने अरे ऊ,रगतको ताल,,
धैर्यताको बाँध टुटी बन्दैछ आँधि हुरी,,
सम्झाई दिनु उसलाई आयो भनि काल,,
No comments:
Post a Comment