गजल-"बिहेको कुरा"
{{{लय:५+४+६=१५ अक्षर संरचना}}}
(((एउटा कुरा//भन्छु आमा//मान्नु हुन्छ भने)))
एउटा कुरा भन्छु आमा मान्नु हुन्छ भने,,
पारी गाउँकी कान्छीलाई जान्नु हुन्छ भने,,
कति ठाउँमा डुलौ गाँठे केटी हेरौ भन्दै,,
छोराको खुसि आफ्नै खुसि ठान्नु हुन्छ भने,,
शिल-सुबाष राम्रो लाग्यो मान्छे पनि ठिकै,,
आँट्ने थिएँ म लगन्-गाँठो बान्नु हुन्छ भने,,
आईए बिए पढी सकी जागिर छ खास्सा,,
हजुरको ईच्छा अन्तै केटी छान्नु हुन्छ भने,,
बुहारी भए साथी हुन्थ्यो के भनौ र अरु,,
बुढी मान्छले एक्लै घर धान्नु हुन्छ भने,,
No comments:
Post a Comment