Wednesday, May 16, 2012

जल-"आन्दोलन"
{{{लय:४+५+५=१४ अक्षरको संरचना}}}
(((आन्दोलन/गर्न माहिर/हामि नेपाली)))

आन्दोलन गर्न माहिर हामि नेपाली,,
होला कि त सबै भन्छन दामी नेपाली,,

रोक्न हुन्न चलिरहोस बन्द हड्ताल,,
किनभने हामी हौ अग्र गामी नेपाली,,

गोर्खालीको नाम रोशन गर्ने पर्दछ,,
नालापानी थियौ लडेका नामी नेपाली,,

जात-जात उठ अबेर होला भोलि त,,
आफै बोक्सी बन्न तयार धामी नेपाली,,

चक्काजाम किन नगर्नु खोज्दै बहाना,,
बिदेशीको कस्तो सुहायो स्वामी नेपाली,,

चाहिदैन बुद्द भारत गए जाओस,,
भारतकै शरणमा गच्छामी नेपाली,,

No comments:

Post a Comment