Wednesday, May 16, 2012

भावनामा खेलवाड गरिस् भन्नेलाई,,
मेरा लागि धोकेबाज मरिस् भन्नेलाई,,

सम्झाउनु कसरी नसुन्नेलाई कुरा,,
बनाएर लौरी खोलि तरिस् भन्नेलाई,,

कंगाल म जति थियो उति माया दिएँ,,
झुक्काएर बिष्को प्याला भरिस् भन्नेलाई,,

आफै म त मुर्दा जल्न बाँकी थियो खाली,,
के भनौ खै बुर्की-टिला छरिस् भन्नेलाई,,

भर्खरै त सिक्दै थिएँ हाँस्न रमाउन,,
बधाई छ ओठ्को लाली हरिस् भन्नेलाई,,

पाखुरी कै भर चोला थाम्ने मान्छेलाई,,
फलिफाप होला धनि परिस् भन्नेलाई,,

No comments:

Post a Comment