मिल्ने भए बल गरेर माया,,
टुना मुना छल गरेर माया,,
आउँछ कि सहि उत्तर साथी,,
गुणा भागा हल गरेर माया,,
लुछाचुंडी कति प्रेमीको चल्थ्यो,,
पाए देखि कल गरेर माया,,
मौलाउँछ कहाँ कुलो न पानि,,
नानाथरी मल गरेर माया,,
कसलाई मिल्यो देखाउ यहाँ,,
हरहर जल गरेर माया,,
सबैकुरा जुर्यो भने पो होला,,
ए चलमा चल गरेर माया,,
No comments:
Post a Comment