Wednesday, May 16, 2012

गजल-"गर्भवती बुढी र चिन्ता"
(((४+४+५=१३)))
मेरो बुढी भैछे गाँठे दुई जिउको,,
चिन्ता लाछ मानाचार खाटी घिउको,,

माछा मासु दिनदीनै कहाँ पुग्छ र,,
तरकारी मिठो भैन रे उनिउको,,

बजारमा किनी सक्नु छैन केहि नि,,
गेडागुडी मासी सक्यो सबै बिउको,,

नानाथरी फलफुल छैन पियारी,,
खाइदेउ फल काफल् र पयिउको,,

दुखिसंग सुख देख्नु दिवा सपना,,
आँशु यहाँ लोत्सेमा के खाँचो हिउँको,,

No comments:

Post a Comment