{{लय:४+३+३+४=१४(अक्षरको संरचना)}}
[[नौलो चल्ती//आको छ//नेपाली//फिलिममा]]
नौलो चल्ती आको छ नेपाली फिलिममा,,
साँच्चै कलि लाको छ नेपाली फिलिममा,,
कथाले नै मागेको पर्छ रे देखाउन,,
नग्नता पो छाको छ नेपाली फिलिममा,,
गरे पछी लगानी नायक हुने साथी,,
छाडा बोल्न पाको छ नेपाली फिलिममा
अभिनय पर्दैन नायक नायिकाको,,
च्वाप-चुप्प खाको छ नेपाली फिलिममा,,
सहबास करणी दुरुस्तै देखाउने,,
हलिउडै भाको छ नेपाली फिलिममा,,
बयस्कले हेर्ने रे नहेर्नु बालकले,,
यस्तै हुँदै गाको छ नेपाली फिलिममा,,
No comments:
Post a Comment