गजल-"ख्याल हो कि साँच्चै"
४+४+५=१३ अक्षर
{{{ख्याल हो कि//साँच्चै होला//मैले सुनेको}}}
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
भर पर्नु हुदैन रे सिङ हुनेको,,
चिन्नै गाह्रो मान्छे एक रुप अनेक,,
भाका फेरी बाटोघाटो सँधै रुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
भत्की हाल्छ नछाउनु मन्को झुपडी,,
अर्थ छैन भन्छन खै आफ्नो चुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
लोभी पापी कति छन कति बेसारे,,
मुस्किल छ बुझ्न साह्रै जाल बुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
जान्छ अरे मन्को कालो कस्तो अचम्म,,
हरहर गंगाजीमा मुख धुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
पिर माथि पिर त्यसै हुन्न बढेको,,
भागा गर्छु भन्दै हुन्छ अरे गुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
No comments:
Post a Comment