Wednesday, May 16, 2012

हेर्दा हेर्दै यहाँ बस्ने रै'छ माया,,
अंगालोमा झ्याप्पै कस्ने रै'छ माया,,

पिलाउँदै प्यासीलाई घुटु-घुटु,,
अंग-अंग सबै डस्ने रै'छ माया,,

केहि दिन कहिँ हराउँदा कतै,,
मन्मा चिसो कस्तो पस्ने रै'छ माया,,

बिश्वासको खम्बा मकाउदै जाँदा,,
आँखाबाट फेरी खस्ने रै'छ माया,,

पराईका कुरा सुन्न थाल्दा थोरै,,
चक्रव्यूमा पुरै फस्ने रै'छ माया,,

No comments:

Post a Comment