Tuesday, August 21, 2012

गजल
{{{४+४+५=१३ अक्षरको संरचना}}}

तिमीले झैँ चर्तिकला गर्न जानिन,,
मायालुको भूमिकामा मर्न जानिन,,

अभिनय गरेर हो सच्चा प्रेमीको,,
संजीवनी भन्दै बिष छर्न जानिन,,

गंगाजीको जल भन्दा चोखो बनेर,,

बजारमा सँधै बैंश भर्न जानिन,,

आजिबन बस्छु भनि दिलमा बास,,
राता-रात अन्तै डेरा सर्न जानिन,,

सम्झनामा रसाउँदा नयनहरु,,
केशबाट तप्प-तप्प झर्न जानिन,,

जान्नेले त तरी हाल्यौ सातै समुन्द्र,,
मैले भने खहरे नि तर्न जानिन,,

No comments:

Post a Comment