((लय:४+४+५=१३ अक्षरको संरचना))
{{चौध जेठ्मा//जोर शंख//फुक्न नपरोस्}}
चौध जेठ्मा जोर शंख फुक्न नपरोस्,,
सभासद्को मुख भरी थुक्न नपरोस्,,
गतिछाडा राष्ट्रघाती राजनीतिले,,
गोर्खालीको ठाडो शिर झुक्न नपरोस्,,
जनताको धैर्य शक्ति टुट्न पुगेर,,
नेताहरु प्रबासमा लुक्न नपरोस्,,
नेपालीको चाहना हो नयाँ संविधान्,,
निशानामा नेपालीले चुक्न नपरोस्,,
विदेशीले हाम्रो गाँस खाँदा खोसेर,,
भोकै पेट हामीहरु सुक्न नपरोस्,,
जातियता अन्धो बनि उर्लि आउँदा,,
राष्ट्रियता गजलमा भुक्न नपरोस्,,
फुट्दै जाँदा सकिने छौ मिलौ हुन्न र,,
केहि गरौ दैलो-दैलो ढुक्न नपरोस्,,
नेताहरु प्रबासमा लुक्न नपरोस्,,
नेपालीको चाहना हो नयाँ संविधान्,,
निशानामा नेपालीले चुक्न नपरोस्,,
विदेशीले हाम्रो गाँस खाँदा खोसेर,,
भोकै पेट हामीहरु सुक्न नपरोस्,,
जातियता अन्धो बनि उर्लि आउँदा,,
राष्ट्रियता गजलमा भुक्न नपरोस्,,
फुट्दै जाँदा सकिने छौ मिलौ हुन्न र,,
केहि गरौ दैलो-दैलो ढुक्न नपरोस्,,
No comments:
Post a Comment