४+४+६=१४ अक्षर
अंग-अंग तिम्रा सबै खुलेर देखायौ,,
नेपाली हुँ भन्ने कुरा भुलेर देखायौ,,
बिदेशमा कस्को डर उदार बनेर,,
बरालिँदै गल्लि-गल्लि डुलेर देखायौ,,
भुसतिघ्रे पैसावाल बनाई आफन्त,,
राति-राति भट्टी तिर झुलेर देखायौ,,
बर्षदिन्मा पश्चिमाको रहन-सहन,,
बधाई छ कति छिटो घुलेर देखायौ,,
छोरा-छोरी बिर्सिएर बनेकी कुमारी,,
हेर्दा-हेर्दै दोस्रो लोग्ने हुलेर देखायौ,,
धन्य रै'छ तिम्रो चोला दैबले रचेको,,
झर्ने बेला फेरी कस्तो फुलेर देखायौ,,
बर्षदिन्मा पश्चिमाको रहन-सहन,,
बधाई छ कति छिटो घुलेर देखायौ,,
छोरा-छोरी बिर्सिएर बनेकी कुमारी,,
हेर्दा-हेर्दै दोस्रो लोग्ने हुलेर देखायौ,,
धन्य रै'छ तिम्रो चोला दैबले रचेको,,
झर्ने बेला फेरी कस्तो फुलेर देखायौ,,
No comments:
Post a Comment