घरि-घरि बदल्नेको धर्म कस्तो महान,,
देश लुट्ने लुटाहाको कर्म कस्तो महान,,
टुक्रे अनि देश यहाँ बगे पनि रगत,,
मेरो कुर्ची बचोस् भन्ने मर्म कस्तो महान,,
मोर्चाबन्धि बनि हाल्ने काटा-काट गरे नि,,
कुर्ची भन्दा लगाईने पर्म कस्तो महान,,
हाम्रो नेता ठुलो भन्ने कार्यकर्ताहरुको,,
लाजै छैन बेसर्मिको सर्म कस्तो महान,,
अहो!थाक्ने फाट्ने हुँदै हैन बैंश बेच्नेको,,
बर्षौसम्म चली राख्ने चर्म कस्तो महान,,
No comments:
Post a Comment