Tuesday, August 21, 2012

गजल-"बाउ बन्ने रहर"
((च्यान्टी संग च्यान्टेको गुनासो))

सँधै रुखो बोल्छेस बुढी कस्ति टसिली,,
कैले देख्न पाउने होला मैले हसिली,,

जैले मेरो दोष देखाई गर्छेस् झगडा,,
मिल्नु पर्छ लोग्ने र स्वास्नी बन्दे जसिली,,

हन्तकाली खाई राख्छेस मन लागी छ,,

अझै पनि मरे र गएँ छैनस् कसिली,,

आजसम्म नआको बैंश आउला र खै,,
यसै जूनी कट्छ कि कुन्नि नभै नशिली,,

मल मात्रै भएन च्यान्टी दुध चाहियो,,
थारो गाई कहिले होला लैना रसिली,,

No comments:

Post a Comment