Tuesday, August 21, 2012

गजल-"भूपू मायालु"
{{लय:४+४+५=१३ अक्षरको संरचना}}
आज तिम्रै//झल्को आयो//भूपू मायालु

आज तिम्रै झल्को आयो भूपू मायालु,,
साह्रै भेट्न मन लायो भूपू मायालु,,

प्रणयका हर पल सम्झेर होला,,
सन्नटाले कस्तो छायो भूपू मायालु,,

दुनियाको कुरा सुनी माया मारेर,,
तिमिले के कति पायो भूपू मायालु,,

लाको माया छुटे पछी तिम्रो कालेले,,
नसोध भो के-के खायो भूपू मायालु,,

तिमीलाई भेट्न भनि काठमाण्डौमा,,
अनुरागी कम्ति धायो भूपू मायालु,,

कहाँ छौ खै के गर्दैछौ पत्तै पाईन,,
अन्तै घर कि बसायो भूपू मायालु,,

No comments:

Post a Comment