Tuesday, August 21, 2012

गजल-"महिना दिन पछी......!!"

कहिले भदौ लाग्ला भन्दै बसी रैछे बुढी,,
एका बिहानै मासु भुट्न पसी रैछे बुढी,,

अर्कै रौनक आ'छ आज मेरो घर भरी,,
बियर मासु तान्ने शुर कसी रैछे बुढी,,

साउन भरि बनबास बसे जस्तै थियो,,
अहिले बल्ल अधरैमा खसि रैछे बुढी,,


अजिब राम्री राति पिरि कस्तुरी झैँ बास्ना,,
अत्तर छरी पाउडर घसी रैछे बुढी,,

महिना दिन हामी दुई मात्न पा'का थेनौ,,
त्यसैले आज अंग-अंग डसी रैछे बुढी,,

अनुरागी अरुण
न्योयोर्क

No comments:

Post a Comment