Tuesday, August 21, 2012

गजल-" खेल किन हो?"

रोकिएन जित हारको खेल किन हो,,
बढीरा'छ काट मारको खेल किन हो,,

शान्ति भूमि रहेन अब रणभूमि भो,,
जता ततै हतियारको खेल किन हो,,

राजनीति गनाई सक्यो सिनो जसरी,,
अझै पनि वार पारको खेल किन हो,,


गुटबन्धि घर घरमा भाग खोज्नेको,,
राष्ट्रियता चिरफारको खेल किन हो,,

झुक्काएर जनतालाई पाईलै पिच्छे,,
पालै पालो भ्रष्टाचारको खेल किन हो,,

कैले रुने बालाखा जस्तै कैले उफ्रिने,,
पेशेवर कलाकारको खेल किन हो,,

सबै मिलि खबरदारी गरौ बेलैमा,,
सोधौ सधै बाल्वाटारको खेल किन हो,,

अनुरागी अरुण
न्यूयोर्क

No comments:

Post a Comment