Tuesday, August 21, 2012


गजल-"आभार"

यति धेरै माया मलाई गर्नु भयो हजुरले,,
रित्तो-रित्तो थिएँ हजुर भर्नु भयो हजुरले,,

मुस्काउँदै डाली डालीमा फुल्दै थियो भावनाले,,
त्यसै माथि सुगन्ध मिठो छर्नु भयो हजुरले,,

आशिर्बाद जन्मदिनको जता हेर्छु उतै देख्छु,,
मेरै लागि दौड धुपमा पर्नु भयो हजुरले,,

तपाईँ नै शुभचिन्तक सहयात्री आफ्नो मान्छे,,
यस्तो लाग्यो मनमै डेरा सर्नु भयो हजुरले,,

स्वर्णिम ति शब्दलहरी छान्दै-छान्दै सुभेच्छाका,,
झरना झैँ कंचन आहा झर्नु भयो हजुरले,,

खुवाउन मिष्ठान्न भोज नसके नी कसैलाई,,
खोज्दै-खोज्दै सात समुन्द्र तर्नु भयो हजुरले,,

आभारी छु देउता जस्तै साथीभाई सबै प्रति,,
मेरो मन माया मायाले हर्नु भयो हजुरले,,

No comments:

Post a Comment