Tuesday, August 21, 2012

गजल-"भेट्न पाईएन"

भेटौ भन्ने तिम्रो संदेश नपाएको हैन,,
भेट्न मन मलाई पनि नलाएको हैन,,

व्यस्त भएँ कामले साह्रै पाईएन भेट्न,,
भ्याई-भ्याई तिम्रो कसम नआएको हैन,,

धोकेवाज नभन सानु बुझ गाह्रो साह्रो,,
निदाउन तिम्रै काखमा नचाएको हैन,,


तिम्रो काले बिश्वाश गर घाती छैन काली,,
सम्झनामा मुटु कलेजी नखाएको हैन,,

एकान्तमा तड्पी-तड्पी म भेट्न नपाउँदा,,
रुँदै-रुँदै बिरही गीत नगाएको हैन,,

No comments:

Post a Comment