आफ्नो को हो बैरी को हो चिन्ने मौका पाएँ,,
गल्तीहरु सच्चाएर हिन्ने मौका पाएँ,,
मर्दा पर्दा थाहा हुन्छ आफ्नो मान्छे भन्थे,,
आफ्ना भन्ने औला भाँची गिन्ने मौका पाएँ,,
बोलि जस्तै व्यबहार कस्को हुँदो रै'छ,,
फेरी पनि आरिसे उ-छिन्ने मौका पाएँ,,
सक्छौ भने खुलेआम खुट्टा तान अझै,,
धन्य प्रभु आफ्नै खुट्टा किन्ने मौका पाएँ,,
No comments:
Post a Comment